१२ माघ, २०७५
मिलनचोक, पर्वत ।
हालै पर्वतमा विभिन्न सवारी दुर्घटनाको क्रममा मृत्यू भएका आत्माहरुको चिरशान्ति एवम् घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै शनिवार जलजला गाँउपालिका, वडा नं. ७ मिलनचोकमा एक “श्रद्धान्जली एवम् समवेदना तथा घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको लागि प्राथना सभा” शनिवार सम्पन्न भयो ।
पर्वत जिल्लामा विपन्न, महिला तथा सामाजिक वन्चितीमा परेका वर्गको चेतना, संगठन, आयआर्जनको साथै ससक्तिकरणको क्षेत्रमा क्रियाशिल राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपाल र अमरटिका शिक्षा, स्वास्थ्य एवम् सामाजिक विकास प्रतिष्ठान, अमरटिका फाउण्डेशनले संयुक्त रुपमा सो सभाको आयोजना गरेका हुन । गत माघ ३ गतेका दिन पर्वत जिल्लाको मालढुँङ्गामा भएको वस दुर्घटनामा संस्थाका सदस्य अमिसरा पुन, सदस्य वुढी परियारका श्रीमान् टिका परियार र उनकी कान्छि श्रीमति सेती परियार, जीवन वि.क., राजेश पुन, सुव्वे परियार र शान्ति के.सी. तथा जलजला गाउपालिका, वडा ७ मिलनचोकमा गत माघ ५ गतेका दिन रोकी राखेको ट्रयाक्टर गुडेर घरभित्र वसी रहेकी कमला पौडेलको मृत्यू भएको थियो ।
उक्त श्रद्धान्जली एवम् प्राथना सभामा नेष्डो नेपालका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले वावुको मृत्युमा संस्थाका सेन्टर मेनेजर मिना शर्मालाई क्रियाखर्च वापत ३१ हजार रुपैयाँ, सदस्य अमिसरा पुनको मृत्यूमा ५ हजार कर्जा मिनाहा गरी वचत तथा क्रियाखर्च वापत ९ हजार ५३३ रुपैयाँ र स्वर्गिय कमल वि.क. को अति विपन्न परिवारलाई ८ हजार रुपैयाँ राहात सहयोग प्रदान गर्नु भयो ।
कार्यक्रममा दिवंगत आत्मको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली, शोकाकुल जनमा समावेदन तथा घाईतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरी दिप प्रज्वलनका साथ सामुहिक प्राथना गराउदै संस्थापक अध्यक्ष प्रसाईले नेष्डो नेपाल सामाजिक संस्था भएकाले समाजका रहेक सदस्य प्रति उसको दायित्व रहने भन्दै सामाजिक उत्तरदायित्व पुरा गर्नका लागि यो प्राथना सभा आयोजना गरी राहत वितरण गरेको वताउनु भयो । संस्थाले आर्कषक वचत, सुभल कर्जा, एक दर्जन कल्याणकारी सुविधाको साथै सदस्यको मृत्यूमा कर्जा मिनाहा जस्ता सेवाहरुको साथै यस किसिमको सामाजिक महत्वको कार्यक्रम आयोजना गरी विपन्न, महिला, जनजाती तथा दलित समुदायको प्रतिष्ठा र आत्मा स्वाभिवानलाई वृद्धि गराउन टेवा पु¥याएको वताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य डा. चुडामणी शर्माले यस किसिमका सामाजिक कार्यक्रम र राहात सहयोग स्थानीय सरकारले गर्नुपर्ने भन्दै नेष्डो नेपालले आफ्नो सामाजिक उत्तरदायित्व पुरा गरेकोमा सह्राना गर्नु भयो । कार्यक्रममा जलजला गाँउपालिका, वडा नंं ४ का वडा अध्यक्ष, सामाजिक अगुवा भिष्म मल्लले जनताको मतले निर्वाचित जनप्रतिनिधीले गर्नु पर्ने काम सामाजिक संस्थाहरुले घरदैलोमा आएर गर्नु प्रशसानीय भएको वताउदै पिडामा विज्ञप्तीले होइन, राहातले मलम लगाउनु पर्ने वताउनु भयो । यसै गरी नेपाली काँग्रेस, जलजला गाँउपालिका संयोजक चन्द्र वहादुर क्षेत्रीले विगत दुई दशक देखि जलजला क्षेत्रको शिक्षा, सामुदायिक वन लगायतका क्षेत्रमा नेष्डो नेपाले अतुलनीय योगदान गर्दै आएको भन्दै संस्थापक अध्यक्ष प्रसाईको सकरात्मक सोच र अथक प्रयासको सह्राना गर्नु भयो । पर्वत उद्योग वाणिज्य संघ, जलजला उपशाखाका कार्यवाहक अध्यक्ष चित्रलाल रेग्मीले मानिस पद र जिम्मेवारीले होईन सत्सोच र सत्कर्मले ठूलो वन्ने भन्नु हुँदै आफ्नो क्षेत्रमा आएर राहात वितरण गरिदिएकोमा संस्था प्रति आभार व्यक्त गर्नु भयो । यसै गरी नेपाल महिला संघ, क्षेत्रीय सभापति लक्ष्मी हमालले दिवंगत सवै अत्यन्त असल भएको स्मरण गर्दै दुखमा नेष्डो नेपाल र प्रतिष्ठानले गरेको सहयोग कहिल्यै भुल्न नहुने वताउनृु भयो ।
सभा नेष्डो नेपाल वेनी शाखाको प्रवन्धक भोलानाथ रेग्मीको अध्यक्षता, लघु वित्त सेवा विभागका प्रमुख विश्ववन्धु प्रसाईको स्वागत एवम् मानव शंसाधन अधिकृत इश्वरी प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको नेष्डो नेपाल वेनी शाखाका सेन्टर मेनेजर अस्मिता तिमिल्सिनाले वताउनु भयो.





