Top scroll news

“Communication,  Human Rights  & Development” 
“Our Fight against Poverty will continue until Poverty Exist in Nepal”
“Establishment of Poverty free inclusive Nepal”
“No Big And Rough  Small and Beauty Micro finance”
Stop Violence Against Women”
“Stop Child Labour”
“Engage Micro finance Change Lives “

नेष्डो नेपालको कलष्टर स्तरीय अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न

१७ माघ, २०७५
गैडाकोट, नवलपुर ।

नेष्डो सुचना विभाग/राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको आर्थिक वर्ष २०७५÷७६ को अर्धवार्षिक प्रगति समिक्षा गोष्ठी विहिवार सहमती गैंडाकोटमा सम्पन्न भयो ।
गोष्ठीमा चितवन, नवलपुर र परासी गरी तीन जिल्लाका १७ वटा शाखा कार्यालयका प्रवन्धक, केन्द्र प्रवन्धक तथा प्रधान कार्यालयका प्रतिनिधी समेत गरी ७६ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा तीन जिल्लाका १७ वटा शाखाहरुले १ सय ३८ केन्द्र थप भई १ हजार ८ सय २६ केन्द्र गठन गरी ७ सय ८८ सदस्य थप गरी २५ हजार ४ सय ८२ विपन्न परिवारलाई समूहमा आवद्ध गरी ३ सय ८५ जना थप गरी १६ हजार २ सय ८५ परिवारलाई कर्जा प्रवाह गरी आयमुलक व्यवसायमा अग्रसर गराएको छ । हाल सम्म संस्थाले सदस्यवाट यस अवधीमा ५ करोड ९६ लाख ८७ हजार ७ सय ४१ रुपैयाँ वचत थप गरी ४८ करोड ७२ लाख ४६ हजार ६ सय १ रुपैयाँ निक्षेप संकलन गरेको छ भने तीन जिल्लामा १७ करोड ९१ लाख ३६ हथार ४ सय ५२ रुपैयाँ लगानीमा रहेको कर्जा थप गरी ९७ करोड ५५ लाख ३ हजार ३ सय ५६ रुपैयाँ लगानीमा पुर्याउन सफल भएको छ ।

कार्यक्रममा संस्थाका १७ वटा शाखाले आआफ्नो गत ६ महिनाको स्थिती र आगमी ६ महिनाको योजना शाखागत रुपमा प्रस्तुत गरेका थिए । यसरी शाखाको तर्फवाट स्थिती प्रस्तुत गर्नेहरुमा सुनवल शाखाका केन्द्र प्रवन्धक श्री पुजा अर्याल, परासी शाखाका श्री शुसिला यादव, वर्दघाट शाखाका श्री सुनिता उप्रेती, वेलाटारी शाखाका गौरी शंकर राय यादव, अरुणखोलाको श्री हिरा वि.क., कावासोतीको शान्ता गुरङ, अमरापुरीको देवराज गिरी, र डेढगाँउ शाखाको केन्द्र्र प्रवन्धक श्री डिलमाया चुनी मगर हुनुहुन्छ । यसरी चितवन स्थित मुग्लिङ शाखाका केन्द्र प्रवन्धक श्री धन कुमारी दर्जी, भरतपुर शाखाका श्री दिपा वोहोरा, टाँडी शाखाका श्री मन कुमारी गिरी, भण्डारा शाखाका श्री कविता वि.क., माडी शाखाका श्री चन्द्र वहादुर गुरुङ, पार्वतीपुर शाखाका पार्वती मल्ला, चनौली शाखाका श्री झपिन्द्र्र वगाले, कालिका शाखाका श्री हिरादेवी शर्मा र परासी शाखाका प्रवन्धक श्री दुर्गासरा गाहाले प्रस्तुत गर्नु भएको थियो । केन्द्रिय कार्यालयमा हुने समिक्षामा शाखा प्रवन्धकले र हरेक तीन तीन महिनामा हुने कलष्टर स्तरीय समिक्षा गोष्ठीमा शाखाको सहायक प्रवन्धकले प्रस्तुत गर्ने अभ्यास रहेको छ ।

कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख श्री विश्व प्रकाश प्रसाई, लघुवित्त सेवा विभागका प्रमुख श्री विश्ववन्धु प्रसाई, वरिष्ठ लघुवित्त अधिकृत श्री नारायण प्रसाई र मानव शंसाधन अधिकृत श्री इश्वरी प्रसाद शर्माले सहजीकरण गर्नु भएको थियो ।

संस्थापक अध्यक्ष श्री विश्व प्रकाश प्रसाईले दिप प्रज्वलन गरी शुभारम्भ गर्नु भएको समिक्षा गोष्ठीको अध्यक्षता तीन जिल्लामा जेष्ठ कावासोती शाखाका प्रवन्धक श्री रामचन्द्र गौतमको अध्यक्षता, लघु वित्त प्रमुख श्री विश्ववन्धु प्रसाईको स्वागत, टाँडी शाखाका प्रवन्धक श्री प्रतिमा हमालको संस्थागत प्रतिज्ञा एवम् मानव शंसाधन अधिकृत श्री इश्वरी प्रसाद शर्माको सञ्चालनमा सम्पन्न थियो ।

नेष्डो नेपालको संस्थागत अभ्यास अनुसार माघ महिनामा जन्म दिन तथा वैवाहिक दिवस पर्नु भएका चितवन, नवलपुर र परासी जिल्लाका १७ वटा शाखामा कार्यरत प्रवन्धक तथा केन्द्र प्रवन्धक साथीहरुलाई संस्थागत सम्मान तथा शुभकामना प्रदान गरियो । यसरी माघ महिनामा वैवाहिक दिवस रहनु भएका साथीहरुमा कावासोती शाखाका प्रवन्धक श्री रामचन्द्र गौतम, अमरापुरी शाखाका प्रवन्धक श्री संझना रायमाझी, सुनवल शाखाका केन्द्र प्रवन्धक श्री पुजा अर्याल एवम् श्री गोमा नेपाल, माडी शाखाका केन्द्र प्रवन्धक श्री चन्द्र वहादुर गुरुङ र जन्म दिन पर्नु हुने कालिका शाखाका केन्द्र प्रवन्धक श्री हिरा कुमारी शर्मा हुनुहुन्छ । उहाँहरुको यस खुशीयालीमा एक समारोहका विच सामुहिक रुपमा केक काटी उत्सव दिप प्रज्वलन गरी संस्थापक अध्यक्षवाट संस्थागत उपहार प्रदान गरियो ।

माघ महिनामा वैवाहिक दिवस तथा जन्म दिन पर्नु हुने सम्पूर्ण शाखा प्रवन्धक, केन्द्र प्रवन्धक साथीहरुलाई सुख, शान्ति, सम्वृद्धि, हर क्षेत्रमा प्रगति एवम् सफलताको हार्दिक मंगलमय शुभकामना तथा संस्थागत सम्मान अर्पण गर्दछौं ।