Top scroll news

“Communication,  Human Rights  & Development” 
“Stop Child Labour”
“Engage Micro finance Change Lives “
“Our Fight against Poverty will continue until Poverty Exist in Nepal”
“Establishment of Poverty free inclusive Nepal”
Stop Violence Against Women”
“No Big And Rough  Small and Beauty Micro finance”

नेष्डो सम्वृद्ध लघु वित्त वित्तिय संस्था लिमिटेडको संस्थापना प्रक्रिया पुरा

संस्थागत डायरी/नेष्डो सम्वृद्ध लघुवित्त वित्तिय संस्था लि. ले अाजका मिति देखि वित्तीय कारोवारको लागि सम्पुर्ण प्रकृया पुरा गरेको छ । लामो समय देखि संस्थापनाको प्रकृयामा रहेको यस वित्तीय संस्था २०७४ चैत्र २८ गतेका दिन कम्पनि रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र वैकवाट वित्तिय कारोवारको स्वीकृतीको प्रकृयामा रहेको थियो । संस्थाले यहि २०७५ माघ २९ गतेका दिन नेपाल राष्ट्र वैंकवाट ईजाजत नं. ने.रा.वैक/ई.प्रा./”घ”/०८७/०७५/७६ वाट वित्तीय कारोवार गर्ने अनुमति प्राप्त गरेको थियो । नेपाल राष्ट्र वैंकवाट कारोवारको स्वीकृति पाए पश्चात कम्पनि रजिष्ट्रारको कार्यालयवाट कारोवार गर्ने स्वीकृत लिनुपर्ने कम्पनी एेन, २०६३ को दफा ६३ को प्रावधान वमोजिम अाज कम्पनि रजिष्ट्रारको कार्यालयवाट कारोवार स्वीकृतिका साथै शेयर लगत प्रमाणित लिने काम सम्पन्न भयो । अराजक दुई कानुन व्यवसायीले विहिवार कम्पनि रजिष्टार लगायतका कर्मचारीहरु माथि कार्यकक्षमा गरेको भौतिक अाक्रमणवाट सृजित असहज परिस्थितिको कारण काममा धेरै ढिलाई हुने हो कि भन्ने चिन्ता थियो तर अपेक्षित समयमा नै काम सम्पन्न भयो ।

असहज परिस्थितिम पनि सेवाग्राहीको समस्यालाई मध्येनजर गरी कार्य सम्पादन गर्ने कम्पनि रजिष्टारज्यु लगायत सम्पुर्ण कर्र्मचारी परिवार, प्राविधिक सहयोग गर्ने अाकांक्षा कानुनी सेवाका अधिवक्ता श्री शारदा नेपाल ढकाल, संचालक समितिका पदाधिकारीज्युहरु, विशेषगरी समितिको अख्तियारी लिई कार्य सम्पादन गर्नुहुने संचालक समितिका सदस्य श्री सावित्री खत्री क्षेत्री, संस्थालाई यो स्थितिमा ल्याउन निरन्तर सहयोग गर्नु हुने विभागीय प्रमुख श्री विश्वन्धु प्रसाई, श्री लक्ष्मी मेधासी, श्री वद्री मिश्र, श्री युधिष्ठिर भुषाल लगायत सवै अधिकृत साथिहरु, शाखा प्रवन्धक, केन्द्र प्रवन्धक तथा अन्य कर्मचारी साथीहरुप्रति हार्दिक धन्यवाद एवम् अाभार व्यक्त गर्दछु ।

संस्थापक शेयरधनिज्युहरुको लामो धैर्यता र प्रोत्साहनको उच्च सम्मान गर्दै सह्राना गर्दछौ । सम्पुर्ण शुभचिन्तक सहयोगी महानुभावहरुमा समेत हार्दिक अाभार व्यक्त गर्दछु ।