Top scroll news

Stop Violence Against Women”
“No Big And Rough  Small and Beauty Micro finance”
“Engage Micro finance Change Lives “
“Communication,  Human Rights  & Development” 
“Our Fight against Poverty will continue until Poverty Exist in Nepal”
“Stop Child Labour”
“Establishment of Poverty free inclusive Nepal”

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. को भव्यताका साथ समूदघाटन समारोह सम्पन्न

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. कुश्मा पर्वतको आज एक समारोहको विच समूदघाटन गरिएको विगत १८ वर्ष देखि लघुवित्तीय कारोवार गर्दै आई रहेको नेष्डो नेपाल समेत ८३ जना संस्थापक शेयरधनि रही स्थापित उक्त वित्तीय संस्थाको पर्वत सदरमुकाम कुश्मामा केन्द्रिय कार्यालय रही देशका १२ जिल्लामा ५६ वटा शाखा कार्यालय मार्फत ८० हजार विपन्न परिवारलाई वित्तीय सेवा प्रवाह गर्दै आई रहेको संस्थाका अध्यक्ष विश्व प्रकाश प्रसाईले शनिवार एक भव्य समारोहका विच दिप प्रज्वलन गरी संस्थाको मुलगेटमा रिवन काटेर केन्द्रिय कार्यालयको औपचारिक समूदघाटन गर्नु भएको हो

वाजगाजा सहित शान्ति समृद्धिका लागि आयोजित प्रभातफेरी ¥याली पश्चात स्थानीय युनिभर्सल पार्टी प्यालेसमा आयोजित समूदघाटन समारोहमा विगत २५ वर्ष देखि निरन्तर नेष्डो नेपालमा सेवारत रहदै आजको अवस्थामा ल्याई पु¥याउनको लागि योगदान गर्नु हुने नेष्डो नेपालका अध्यक्ष रत्न प्रसाद अधिकारी, प्रशासन तथा वित्त प्रमुख सावित्री खत्री क्षेत्री, लघुवित्त प्रमुख विश्ववन्धु प्रसाई, पुर्व अध्यक्ष तथा एचआरडी प्रमुख लक्ष्मी कुमारी मेधासी लघु वित्तको पहिलो समूह गठन गर्ने प्रवन्धक नारायण प्रसाईलाई संस्थागत सम्मान गरिएको थियो  
ृृ
कार्यक्रममा संस्थाका विभिन्न शाखालाई पुरस्कृत गरिएको थियो यसरी पुरस्कृत हुने शाखाहरुमा आर्थिक वर्ष २०७५÷७६ को वार्षिक मुल्यांकनमा सर्वोकृष्ट स्थान हासिल गर्ने अमरपुरी शाखा, दृतिय स्थान हासिल गर्ने माडी शाखा, तृतिय स्थान हासिल गर्ने दमौली शाखा तथा सान्त्वना स्थान हासिल गर्ने वर्दघाट शाखा रहेका छन् पुरस्कृत शाखालाई क्रमशः २५ हजार, २० हजार, १५ हजार १० हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो यसै गरी कार्यक्रममा उच्च कर्मचारी उत्पादकत्व कायम गरेकोमा सुनवल शाखा यस वर्ष सवैभन्दा भाका नाघेको रकम घटाउनेमा घ्याल्चोक शाखालाई रु १० हजार हजार नगद सहित पुरस्कृत गरिएको थियो अमरापुरी शाखाका प्रवन्धक श्री संझना रायमाझी, माडी शाखाका प्रवन्धक श्री जमुना भुषाल, दमौली शाखाका प्रवन्धक श्री सन्तोष अधिकारी, वर्दघाट शाखाका प्रवन्धक श्री मन्जु वि.., सुनवल शाखाका प्रवन्धक श्री वुद्ध वहादुर घिमिरे घ्याल्चोक शाखाका प्रवन्धक लोक वहादुर सोनी सहित शाखामा कार्यरत सम्पूर्ण कर्मचारीलाई सामुहिक रुपमा पुरस्कार हस्तान्तरण गरिएको थियो

कार्यक्रममा वोल्दै संस्थाका अध्यक्ष प्रसाईले विगत २५ वर्ष पहिलो आफ्ना सवै अवसरहरुलाई त्यागेर चुनौतीको सामना गदै नेष्डो नेपाल स्थापना गर्ने देखि वित्तीय संस्था समेत प्रवद्र्धन गरी आज समूदघाटन गर्न पाँउदा अति भाग्यवानी महशुस भएको वताउनु भयो उहाँले नेष्डो नेपालले दिंदै आएको वित्तीय सेवा नेष्डो समृद्धमा रुपान्तरण भएकोमा खुशी व्यक्त गर्दै संस्थाले थप गुणस्तरीय विपन्नमुखी सेवा प्रवाह गर्नका लागि प्रतिवद्ध रहेको वताउनु भयो कार्यक्रमा वरिष्ठ अधिवक्ता एवम् संस्थापक शेयरधनि श्री मुकुण्द शर्मा पौडेलले आँफू धेरै वित्तीय संस्थामा संलग्न भए पनि नेष्डो समृद्धको वित्तीय सवलता सामाजिक पक्ष अनुकरणीय भएको वताउनु भयो कार्यक्रममा पर्वत उद्योग वाण्ज्यि संघका अध्यक्ष श्री केदारनाथ शर्माले संस्था स्थापनामा केही ढिलाई भए पनि संस्था राम्रो भएर आएकोमा खुशी व्यक्त गर्नु भयो रोटरी डिष्ट्रिक ३२९२ का असिस्टेन्ट गर्भनर श्री गोपी अधिकारी, लोकतान्त्रिक गैसस महासंघका अध्यक्ष श्री गणेश वहादुर क्षेत्री, रोटरी क्लव अफ पर्वतका अध्यक्ष श्री लेखनाथ शर्मा, लायन्स क्लव अफ पोखरा संगमका अध्यक्ष श्री किरणलाल श्रेष्ठले नेष्डो समृद्धको सेवा उत्कृष्ठ भएको भन्दै थप प्रभावकारी सेवाको लागि शुभकामना व्यक्त गर्नु भएको थियो यसरी शृुभकामना व्यक्त गर्ने अन्य वक्ताहरुमा पर्वत जेसिजका अध्यक्ष श्री मोहन आचार्य, इनरह्वील क्लव अफ पर्वतका अध्यक्ष श्री जलन खत्री, सामुदायिक सेवा समाजका अध्यक्ष श्री मान कुमारी गिरी लगायत हुनुहुन्थ्यो

वित्तीय संस्थाका अध्यक्ष प्रसाईको अध्यक्षता, सञ्चालक श्री रत्न प्रसाद अधिकारीको स्वागत, सञ्चालक श्री सावित्री खत्री क्षेत्रीको संस्थागत प्रतिज्ञा एवम् एचआर अधिकृत श्री इश्वरी प्रसाद शर्माको सञ्चालनमा वित्तीय संस्था समूदघाटन कार्यक्रम सम्पन्न भएको थियो