संस्थागत डायरी/नेष्डो नेपालको २४औं वार्षिक साधारण एम्वुलेन्सका लागि रोटरी क्लव अफ पर्वतलाइ ३ लाख सहयोग, ६५ वर्ष उमेर पुगेका जेष्ठ सदस्यलाई सम्मान सहित न्यानो कपडा वितरण, व्रेनट्युमर पिडिड रिना शाहीलाई १५ हजार राहात सहयोग सहित रु. २० करोड १७ लाखको वार्षिक वजेट पारित गर्दै सम्पन्न ।
२९ मंशिर, २०७५
कुश्मा, पर्वत ।
नेष्डो सुचना विभाग/गरिवी न्यूनिकरणको क्षेत्रमा क्रियाशिल राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको २४औं वार्षिक साधारण सभा २० करोड १७ लाख ५० हजारको वार्षिक वजेट पारित गर्दै पर्वत सदरमुकाम कुश्मामा शनिवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रत्न प्रसाद अधिकारीको अध्यक्षता एवम् संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा सञ्चालक समितिको तर्फवाट कोषाध्यक्ष सावित्री खत्री क्षेत्रीले यस आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै यस आर्थिक वर्षमा २० करोड १७ लाख आम्दानी गरी १७ करोड ३० लाख रुपैयाँ खर्च भई ३ करोड २० लाख रुपैयाँ पुजीगत वचत हुने वताउनु भयो । गत वर्ष ५१ करोड ४९ लाख आम्दानी गरी ३९ करोड ७५ लाख खर्च भई कुल ११ करोड ७३ लाख रुपैयाँ संस्थागत वचत गरेको संस्थाको यस वर्षको आम्दानी ५० प्रतिशत भन्दा कम रहने
देखिएको छ । संस्थाले नेपाल राष्ट्र वैंकवाट इजाजत लिई हालसम्म गर्दै आएको लघुवित्तीय कारोवार नयाँ नेष्डो सम्वृद्ध लघुवित्त वित्तीय संस्थामा हस्तान्तरण हुने भएकाले संस्थाको आम्दानी खर्चमा ५० प्रतिशतले कटौती भएको हो । साधारण सभामा संस्थाका महासचिव प्रेम प्रसाद पौडेलले वार्षिक प्रगति तथा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाको नियमित कारोवार वाहेक यस वर्ष रजत जयन्ती विशेष कार्यक्रम सञ्चालन गरिने वताउनु भयो । संस्थाको कारोवार वित्तीय संस्थामा हस्तान्तरण भएसंगै संस्थाको भावि रणनीतिलाई पुनरावलोकन गरी अगाडी वढने उहाँले वताउनु भयो । यस आर्थिक वर्ष संस्थाले ८ जिल्ला थप गरी २० जिल्लामा सेवा विस्तार गर्ने, १२ हजार ७९५ सदस्य थप गरी ९० हजार ५५ पु¥याउने, ऋणी सदस्य तर्फ २७ हजार ५४८ थप गरी ७२ हजार ८४५ पुर्याउने लक्ष्य रहेको छ । लगानीमा रहेको कर्जा तर्फ २ अरव ४१ करोड १४ लाख १९ हजार १ सय ४७ थप गरी ४ अरव ५८ करोड ५३ लाख २५ हजार पु¥याईने छ भने वचत तर्फ ६४ करोड ४२ लाख ४१ हजार २ सय ३० थप गरी कुल वचत २ अरव ६ करोड ८६ लाख ३५ हजार पु¥याईनेछ । संस्थाको कारोवार हस्तान्तरण पश्चात नेष्डो सम्वृद्ध लघुवित्त वित्तीय संस्था लि. ले यहि लक्ष्यमा केन्द्रित रहि सेवा विस्तार गर्नेछ ।
साधारणसभामा संस्थामा स्थापनाकाल देखि सदस्य रही सामाजिक अभियानमा समर्पित जेष्ठ सदस्यलाई संस्थागत सम्मान तथा न्यानो कपडा वितरण गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा चितवन जिल्ला भरतपुर महानगरपालिका, वडा नं. ७ निवासी धर्मराज प्रसाई, वडा नं. ६ निवासी पुर्ण प्रसाद प्रसाई, कुश्मा नगरपालिका वडा नं. ७ निवासी लोकनाथ आचार्य, वडा नं. ४ निवासी शान्ति नारायण श्रेष्ठ हुनुहुन्छ । यसै गरी सम्मानित हुनेमा पर्वत जिल्ला मोदी गाउपालिका वडा नं. ५ निवासी घन वहादुर प्रसाई, भद्र वहादुर प्रसाई, डिल वहादुर प्रसाई झपट वहादुर प्रसाई, नन्द कुमारी प्रसाई, रत्न प्रसाद अधिकारी, संस्थापक कोषाध्यक्ष देवेन्द्र प्रसाई, मोदी वडा नं. ६ निवासी देवेन्द्र ज्यू ठकुरी, याम वहादुर खत्री, टेक वहादुर लामिछाने र जलजला गाउपालिका वडा नं. ९ निवासी होम वहादुर पुर्जा पुन रहनु भएको छ । सम्मानित व्यक्तित्वलाई संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाई, कार्यक्रमका अध्यक्ष रत्न प्रसाद अधिकारी, सचिव जीत वहादुर नेपाली र सञ्चालक सदस्य हिरा कुमारी हमाल, पुर्व अध्यक्ष लक्ष्मी कुमारी मेधासी, विभागीय प्रमुखहरु वद्री प्रसाद मिश्र, युधिष्ठिर भुषाल, उत्तम अधिकारी लगायतले टिका, दोसल्ला, खादा र न्यानो कपडाले सम्मान गर्नु भएको थियो ।
साधारणसभाको अवसरमा पर्वत जिल्लामा एम्वुलेन्स सेवा सञ्चालनको लागि रोटरी क्लव अफ पर्वतलाई पहिलो किस्ता वापत ३ लाख रुपैयाँ हस्तान्तरण गरिएको थियो । यसै गरी व्रेनट्युमर भई गण्डकी मेडिकल कलेजमा उपचारमा रहनु भएकी रीना शाहीलाई १५ हजार उपचार राहात सहयोग प्रदान गरिएको थियो । कार्यक्रममा वोल्दै नेष्डो नेपालका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले ग्रामीण समुदायमा पुगी महिला तथा विपन्न परिवारको चेतना, संगठन, आयआर्जनको माध्यमवाट सम्वृद्ध राष्ट्र निर्माणमा योगदान गरेको वताउनु हुँदै वित्तीय सेवाको अलवा सामाजिक उत्तरदायित्व पुरा गर्नका लागि संस्था हरपल लागि परेको वताउनु भयो । विपन्न परिवारको जन्मको खुशी देखि मृत्यूको दुखसम्म हर क्षणमा संस्थाले सहयोग र साथ दिंदै आएकोले नेष्डो महिलाहरुको माईती वन्न सफल भएको वताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेस पर्वतका प्रतिनिधी कुल प्रसाद उपाध्याय, चुडामणी शर्मा, रोटरी डिष्ट्रिक ३२९२ का असिस्टेन्ट गर्भनर रेसम वहादुर खत्री, सम्मानित व्यक्तित्व धर्मराज प्रसाई, पुर्ण प्रसाद प्रसाई र लोकनाथ आचार्य, लघुउद्यमी महासंघ नेपालका अध्यक्ष केशा परियार, प्रजातान्त्रिक विचार समाजका केन्द्रिय सदस्य सुवास पन्त, नेष्डो लघुवित्तका संस्थापक शेयरधनि निरन्जनलाल राजभण्डारी लगायतले संस्थाको अनुकरणीय सेवाको वारेमा चर्चा गर्दै नेष्डो नेपालवाट अन्य गैरसरकारी संस्था एवम् वित्तीय संस्थाले सिक्नु पर्ने वताउनु भयो । कार्यक्रममा नेष्डो नेपालको खैरेनीटार शाखाका प्रवन्धक सुक वहादुर पुन, थापाठाना शाखाका प्रमुख सुविना पुन, विरौटा शाखाका केन्द्र प्रवन्धक निमश्री राना, आजीवन सदस्य पार्वती तिमिल्सिना र समिक्षा रानाले विभिन्न साँस्कृतिक नृत्यको साथै सम्वृद्धिका गितहरु प्रस्तुत गर्नु भएको कार्यक्रममा वरिष्ठ साहित्यकार शान्ति नारायण श्रेष्ठले गजल प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा कलाकारहरुलाई संस्थागत सम्मान गरिएको थियो । साधारणसभामा लघुवित्त प्रमुख विश्ववन्धु प्रसाईले स्वागत, प्रशासकिय अधिकृत इन्द्र खत्री क्षेत्रीले संस्थागत प्रतिज्ञा एवम् मानव शंसाधन अधिकृत इश्वरी प्रसाद शर्माले सञ्चालन गर्नु भएको थियो ।
साधारणसभाको तयारीको लागि संस्था सञ्चालक समितिले कोषाध्यक्ष सावित्री खत्री क्षेत्रीको संयोजकत्वमा संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाई, लघुवित्त विभागका प्रमुख विश्ववन्धु प्रसाई, मानव शंसाधन विकास विभागका प्रमुख लक्ष्मी कुमारी मेधासी र कार्यक्रम व्यवस्थापक उत्तम प्रसाद अधिकारी रहेको मुल व्यवस्थापन समिति र योजना तथा सुचना व्यवस्थापन विभागका प्रमुख युधिष्ठिर भुषालको संयोजकत्वमा आन्तरिक लेखा परिक्षण विभागका प्रमुख वद्री प्रसाद मिश्र र वरिष्ठ लघुवित्त अधिकृत नारायण प्रसाई रहेको प्रतिवेदन प्रकाशन समिति गठन गरी जिम्मेवारी दिईएको थियो ।