Top scroll news

“Engage Micro finance Change Lives “
“Establishment of Poverty free inclusive Nepal”
“No Big And Rough  Small and Beauty Micro finance”
“Communication,  Human Rights  & Development” 
Stop Violence Against Women”
“Stop Child Labour”
“Our Fight against Poverty will continue until Poverty Exist in Nepal”

नेष्डो नेपालको कलष्टर स्तरीय अर्धवार्षिक समिक्षा गोष्ठी दमौलीमा सम्पन्न:

१९ माघ, २०७५
दमौली, तनहु ।

नेष्डो सुचना विभाग/राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको आर्थिक वर्ष २०७५/७६ को अर्ध वार्षिक प्रगति समिक्षा गोष्ठी शुक्रवार सन्तोष होटल, दमौलीमा सम्पन्न भयो ।

गोष्ठीमा तनहु, लमजुङ र गोरखा गरी तीन जिल्लाका १२ वटा शाखा कार्यालयका शाखा प्रवन्धक, केन्द्र प्रवन्धक तथा प्रधान कार्यालयका प्रतिनिधी समेत गरी ५३ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा तीन जिल्लाका १२ वटा शाखाहरुले हालसम्म १ हजार ७ केन्द्र गठन गरी १४ हजार ं४ सय १३ विपन्न परिवारलाई समूहमा आवद्ध गरी ८ हजार ९ सय ६३ परिवारलाई कर्जा प्रवाह गरी आयमुलक व्यवसायमा अग्रसर गराएको छ । हाल सम्म संस्थाले सदस्यवाट यस अवधीमा २ करोड ७७ लाख ९७ हजार १ सय ६१ रुपैयाँ वचत थप गरी २९ करोड १० लाख ४६ हजार ३ सय ५९ रुपैयाँ निक्षेप संकलन गरेको छ भने तीन जिल्लाका १२ शाखामा ८ करोड १ लाख ९७ हजार ३ सय ७५ रुपैयाँ लगानीमा रहेको कर्जा थप गरी ५१ करोड ८४ लाख २७ हजार ३ सय ९१ रुपैयाँ लगानीमा पु¥याउन सफल भएको छ ।

कार्यक्रममा संस्थाका १२ वटा शाखाले आआफ्नो गत ६ महिनाको स्थिती र आगमी ६ महिनाको योजना शाखागत रुपमा प्रस्तुत गरेका थिए । यसरी शाखाको तर्फवाट स्थिती प्रस्तुत गर्नेहरुमा तनहुँ जिल्लाको दमौली शाखाका केन्द्र प्रवन्धक श्री कुल कुमारी के.सी., डुम्रे शाखाका केन्द्र प्रवन्धक श्री वन्दना अधिकारी, खैरेनीटार शाखाका केन्द्र प्रवन्धक श्री शोभा अधिकारी, भिमाद शाखाका केन्द्र प्रवन्धक श्री ममता कानूनले प्रस्तुत गर्नु भएको थियो । यसै गरी गोरखा जिल्लाको आरुघाट शाखाको केन्द्र प्रवन्धक श्री अप्सरा उपरकोटी, घ्याल्चोक शाखाको केन्द्र प्रवन्धक श्री कविता ढुँगाना र ठाँटी पोखरी शाखाको केन्द्र प्रवन्धक श्री रस्मिता मल्लले प्रस्तुत गर्नु भएको थियो । यसै गरी लमजुङ जिल्लाको वेंशीशहर शाखाका केन्द्र प्रवन्धक श्री अनन्त लोहनी, भोटेओढार शाखाका केन्द्र प्रवन्धक श्री सुस्मा थापा, दुईपिप्ले शाखाका केन्द्र प्रवन्धक श्री सरिता ठकुरी र करापुटार शाखाका केन्द्र प्रवन्धक श्री राम कुमार घलेले प्रस्तुत गर्नु भएको थियो । केन्द्रिय कार्यालयमा हुने समिक्षामा शाखा प्रवन्धकले र हरेक तीन तीन महिनामा हुने कलष्टर स्तरीय समिक्षा गोष्ठीमा शाखाको स्थिती वारेमा सहायक प्रवन्धकले प्रस्तुत गर्ने अभ्यास रहेको छ ।

कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख श्री विश्व प्रकाश प्रसाई, लघुवित्त सेवा विभागका प्रमुख श्री विश्ववन्धु प्रसाई, वरिष्ठ लघुवित्त अधिकृत श्री नारायण प्रसाई र मानव शंसाधन अधिकृत श्री इश्वरी प्रसाद शर्माले सहजीकरण गर्नु भएको थियो ।

संस्थापक अध्यक्ष श्री विश्व प्रकाश प्रसाईले दिप प्रज्वलन गरी शुभारम्भ गर्नु भएको समिक्षा गोष्ठीको अध्यक्षता आतिथ्य शाखाका प्रवन्धक श्री सन्तोष अधिकारीको अध्यक्षता, लघु वित्त प्रमुख श्री विश्ववन्धु प्रसाईको स्वागत, घ्याल्चोक शाखा केन्द्र प्रवन्धक श्री दुर्गा लोहनीको संस्थागत प्रतिज्ञा एवम् मानव शंसाधन अधिकृत श्री इश्वरी प्रसाद शर्माको सञ्चालनमा सम्पन्न थियो

नेष्डो नेपालको संस्थागत अभ्यास अनुसार माघ महिनामा जन्म दिन तथा वैवाहिक दिवस पर्नु भएका तनहुँ, लमजुङ र गोरखा जिल्लाका १२ वटा शाखामा कार्यरत प्रवन्धक तथा केन्द्र प्रवन्धक साथीहरुलाई संस्थागत सम्मान तथा शुभकामना प्रदान गरियो ।

यसरी माघ महिनामा वैवाहिक दिवस रहनु भएका साथीहरुमा गोरखा शाखाका केन्द्र प्रवन्धक श्री विमला थापा मगर, डुम्रे शाखाका केन्द्र प्रवन्धक श्री अम्विका कार्की, आरुघाट शाखाका केन्द्र प्रवन्धक श्री अप्सरा उपरकोटी हुनुहुन्छ

यसै गरी सफल वैवहिक जीवनको शुभकामना पाउनेहरुमा यसै महिना वैवाहिक जीवनमा वाँधिनु भएकी डुम्रे शाखाका केन्द्र प्रवन्धक श्री वन्दना अधिकारी र आँउदो फाल्गुण १ गते वैवाहिक जीवनमा वाँधिन लाग्नु भएकी आरुघाट शाखाकोाा केन्द्र प्रवन्धक श्री शिला श्रेष्ठ हुनुहुन्छ । कार्क्रममा यस महिनामा जन्मोन्त्सव पर्नु हुने खैरेनीटार शाखाको केन्द्र प्रवन्धक श्री शोभा अधिकारी हुनुहुन्छ ।

ृउहाँहरुको यस खुशीयालीमा एक समारोहका विच सामुहिक रुपमा केक काटी उत्सव दिप प्रज्वलन गरी संस्थापक अध्यक्षवाट संस्थागत उपहार प्रदान गरियो ।
माघ महिनामा वैवाहिक दिवस तथा जन्म दिन पर्नु हुने सम्पूर्ण केन्द्र प्रवन्धक साथीहरुलाई सुख, शान्ति, सम्वृद्धि, हर क्षेत्रमा प्रगति एवम् सफलताको हार्दिक मंगलमय शुभकामना तथा संस्थागत सम्मान अर्पण गर्दछौं ।