Top scroll news

“No Big And Rough  Small and Beauty Micro finance”
“Engage Micro finance Change Lives “
“Our Fight against Poverty will continue until Poverty Exist in Nepal”
“Establishment of Poverty free inclusive Nepal”
“Communication,  Human Rights  & Development” 
“Stop Child Labour”
Stop Violence Against Women”

नेष्डो नेपालको कलष्टर स्तरीय अर्धवार्षिक समिक्षा गोष्ठी कुश्मामा सम्पन्न

२० माघ, २०७५
कुश्मा, पर्वत ।

नेष्डो सुचना विभाग/राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको आर्थिक वर्ष २०७५÷७६ को अर्ध वार्षिक प्रगति समिक्षा गोष्ठी आइतबार बेञ्जु होटल, कुश्मामा सम्पन्न भयो ।

गोष्ठीमा म्यादी वाग्लुङ, पर्वत र कास्की गरी ४ जिल्लाका १७ वटा शाखा कार्यालयका शाखा प्रवन्धक, केन्द्र प्रवन्धक तथा प्रधान कार्यालयका प्रतिनिधी समेत गरी ७१ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा चार जिल्लाका १७ वटा शाखाहरुले ५० केन्द्र थप भई १ हजार ६ सय ८० केन्द्र गठन गरी २५ हजार ७८ विपन्न परिवारलाई समूहमा आवद्ध गरी १३ हजार २ सय ७९ परिवारलाई कर्जा प्रवाह गरी आयमुलक व्यवसायमा अग्रसर गराएको छ । हाल सम्म संस्थाले सदस्यवाट यस अवधीमा ३ करोड ८९ लाख ९९ हजार ८ सय ४६ रुपैयाँ वचत थप गरी ५४ करोड ४० लाख ३८ हजार ६ सय १३ रुपैयाँ निक्षेप संकलन गरेको छ भने चार जिल्लाका १७ शाखामा ९ करोड ५६ लाख ५९ हजार ९ सय १७ रुपैयाँ लगानीमा रहेको कर्जा थप गरी ७१ करोड ९९ लाख ४३ हजार २ सय ६२ रुपैयाँ लगानीमा पु¥याउन सफल भएको छ ।

कार्यक्रममा संस्थाका १७ वटा शाखाले आआफ्नो गत ६ महिनाको स्थिती र आगमी ६ महिनाको योजना शाखागत रुपमा प्रस्तुत गरेका थिए । यसरी शाखाको तर्फवाट स्थिती प्रस्तुत गर्नेहरुमा वाग्लुङ जिल्लाको वुर्तिवाङ शाखाका केन्द्र प्रवन्धक श्री रामलाल गिरी, खर्वाङ शाखाका केन्द्र प्रवन्धक श्री टिका फगामी, गलकोट शाखाका केन्द्र प्रवन्धक श्री तारा श्रीस, वाग्लुङ शाखाका केन्द्र प्रवन्धक श्री देवी खत्रीले प्रस्तुत गर्नु भएको थियो । यसै गरी म्याग्दी जिल्लाको दरवाङ शाखाका केन्द्र प्रवन्धक श्री रामचन्द्र रिजाल, वेनी शाखाको केन्द्र प्रवन्धक श्री अस्मिता तिमिल्सीनाले प्रस्तुत गर्नु भएको थियो । यसै गरी कास्की जिल्लाको पोखरा शाखाका केन्द्र प्रवन्धक श्री चन्दना कँडेल, लेखनाथ शाखाका केन्द्र प्रवन्धक श्री रञ्जु अधिकारी, नाउँडाँडा शाखाका केन्द्र प्रवन्धक श्री विपना आले, विरौटा शाखाका केन्द्र प्रवन्धक श्री निम्श्री राना, हेम्जा शाखाका केन्द्र प्रवन्धक श्री दिनेश कुमार सुनाम, लामाचौर शाखाका केन्द्र प्रवन्धक श्री लक्ष्मी शर्माले प्रस्तुत गर्नु भएको थियो ।यसै गरि पर्वत जिल्लाको कुश्मा शाखाका केन्द्र प्रवन्धक श्री निर्मला गौतम, पातीचौर शाखाका केन्द्र प्रवन्धक श्री दिपा खत्री, फलेवास शाखाका केन्द्र प्रवन्धक श्री जीतवहादुर के।सी।, लँुखु शाखाका केन्द्र प्रवन्धक श्री सुरज पुरी र थापाठाना शाखाका केन्द्र प्रवन्धक श्री भगवती कुँवरले प्रस्तुत गर्नु भएको थियो । केन्द्रिय कार्यालयमा हुने समिक्षामा शाखा प्रवन्धकले र हरेक तीन तीन महिनामा हुने कलष्टर स्तरीय समिक्षा गोष्ठीमा शाखाको स्थिती वारेमा सहायक प्रवन्धकले प्रस्तुत गर्ने अभ्यास रहेको छ ।

कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख श्री विश्व प्रकाश प्रसाई, प्रशासन तथा वित्त प्रमुख श्री सावित्री खत्री क्षेत्री, लघुवित्त सेवा विभागका प्रमुख श्री विश्ववन्धु प्रसाई, मानव संसाधन विभाग प्रमुख श्री लक्ष्मीकुमारी मेधासी, वरिष्ठ लघुवित्त अधिकृत श्री नारायण प्रसाई, कार्यक्रम व्यवस्थापक श्री उत्तम प्रसाद अधिकारी र मानव शंसाधन अधिकृत श्री इश्वरी प्रसाद शर्माले सहजीकरण गर्नु भएको थियो ।

संस्थापक अध्यक्ष श्री विश्व प्रकाश प्रसाईले दिप प्रज्वलन गरी शुभारम्भ गर्नु भएको समिक्षा गोष्ठीको अध्यक्षता आतिथ्य शाखा कुश्मा शाखाका प्रवन्धक श्री महादेव गौतमले, स्वागत लघु वित्त प्रमुख श्री विश्ववन्धु प्रसाईको स्वागत, जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड रुपन्देहीका संचालक सदस्य श्री गोकर्ण वहादुर कार्कीको शुभकामना मन्तव्यमा सम्पन्न भएको थियो । कार्यक्रममा वेनी शाखाका शाखा केन्द्र प्रवन्धक श्री अस्मिता तिमिल्सीनाको संस्थागत प्रतिज्ञा एवम् मानव शंसाधन अधिकृत श्री इश्वरी प्रसाद शर्माको सञ्चालनमा सम्पन्न थियो ।

नेष्डो नेपालको संस्थागत अभ्यास अनुसार माघ महिनामा जन्म दिन तथा वैवाहिक दिवस पर्नु भएका वाग्लुङ, म्याग्दी, पर्वत र कास्की जिल्लाका १७ वटा शाखामा कार्यरत प्रवन्धक तथा केन्द्र प्रवन्धक साथीहरुलाई संस्थागत सम्मान तथा शुभकामना प्रदान गरियो ।

माघ महिनामा जन्मदिन पर्नु हुने वाग्लुङ शाखाका शाखा प्रवन्धक श्री सोमनिधी रेग्मी, पोखरा शाखाका केन्द्र प्रवन्धक श्री चन्दना कँडेल, लामाचौर शाखाका केन्द्र प्रवन्धक श्री लक्ष्मी शर्मा, नाउँडाँडा शाखाका केन्द्र प्रवन्धक श्री विपना आले मगर, फलेवास शाखाका केन्द्र प्रवन्धक श्री डिल वहादुर थापा र खर्वाङ शाखाका केन्द्र प्रवन्धक श्री जसेन्द्र वि.क. हुनुहुन्छ ।

यसै गरी माघ महिनामा वैवाहिक दिवस रहनु भएका साथीहरुमा लेखनाथ शाखाका केन्द्र प्रवन्धक श्री रञ्जु अधिकारी हुनु हुन्छ भने हालै वैवाहिक जीवनमा वाँधिनु भएकी कुश्मा शाखाका केन्द्र प्रवन्धक श्री कमला कुमारी सन्यासीलाई पनि सफल दाम्पत्य जीवनको लागि शुभकामना सहित संस्थागत सम्मान प्रदान गरिएको थियो ।