२ माघ, २०७५
लस्ती, पर्वत ।
सवारी दुर्घटनाको क्रममा देहवसान हुनु भएका जलजला गाँउपालिका, वडा नं. ८ लस्ती निवासी टिका दर्जी तथा नीजको श्रीमति सेति दर्जीको स्मृतीमा एक “श्रद्धान्जली एवम् समवेदना कार्यक्रम” आयोजना गरी शनिवार क्रियाखर्च प्रदान गरिएको छ ।
पर्वत जिल्लामा विपन्न, महिला तथा सामाजिक वन्चितीमा परेका वर्गको चेतना, संगठन, आयआर्जनको साथै ससक्तिकरणको क्षेत्रमा क्रियाशिल राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपाल र अमरटिका शिक्षा, स्वास्थ्य एवम् सामाजिक विकास प्रतिष्ठान, अमरटिका फाउण्डेशनले संयुक्त रुपमा सो कार्यक्रमको आयोजना गरेका हुन । गत माघ ३ गतेका दिन पर्वत जिल्लाको मालढुँङ्गामा भएको वस दुर्घटनामा संस्थाका सदस्य वुधी परियारका श्रीमान् टिका परियार र उनकी कान्छि श्रीमति सेती परियार लगायत ७ जनाको दुखद निधन भएको थियो ।
उक्त श्रद्धान्जली एवम् प्राथना सभामा नेष्डो नेपालका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले आफ्नो सदस्य वुधी परियारलाई श्रीमानको मृत्यमा वापत ६ हजार ८०० रुपैयाँ राहात सहयोग प्रदान गर्नु भयो ।
कार्यक्रममा दिवंगत आत्मको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली, शोकाकुल जनमा समावेदन तथा घाईतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै संस्थापक अध्यक्ष प्रसाईले हाम्रो समाजमा विभिन्न जातजाती, धर्म संस्कृतिको संयोजना हुँदा हुँदै सामाजिक विभेद विद्यमान रहेको वताउनु हुँदै अति विपन्न , सामाजिक रुपमा पछाडी पारिएको दलित परिवारमा आएर दुखमा सहभागी हुन पाँउदा आँफूलाई भाग्यवानी महशुस भएको वताउनु भयो । ंलघु वित्तले आर्कषक वचत, सुभल कर्जा, एक दर्जन कल्याणकारी सुविधाको साथै सदस्यको मृत्यूमा कर्जा मिनाहा जस्ता सेवाहरुको साथै समाजमा विद्यमान जातिय विभेद, आर्थिक विभाजन तथा सामाजिक विभेदलाई अन्त्य गर्न टेवा पु¥याएको वताउनु भयो । समूह गठन देखि यस किसिमको कार्यक्रमले विपन्न, महिला, जनजाती तथा दलित समुदायको प्रतिष्ठा र आत्मा स्वाभिवानलाई वृद्धि गराउने उहाँको भनाई थियो । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य डा. चुडामणी शर्मा, पर्वत उद्योग वाणिज्य संघका पुर्व उपाध्यक्ष एवम् वर्तमान सदस्य शिव शर्मा पौडेल, नेष्डो वचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक कृष्ण प्रसाद शर्मा, सञ्चारकमी मुना शर्मा लामिछाने, संस्थाका कुश्मा शाखाका प्रवन्धक महादेव गौतम, थापाठाना शाखाका प्रवन्धक सुविना पुन, आजीवन सदस्य चन्द्र प्रकाश पौडेल, केन्द्र प्रवन्धक दुर्गा रिजाल, अस्मिता तिमिल्सिना, देवी थापा, सलिना लामिछाने लगायतको सहभागिता रहेको थियो ।
सभा नेष्डो नेपाल वेनी शाखाको प्रवन्धक भोलानाथ रेग्मीको अध्यक्षता, लघु वित्त सेवा विभागका प्रमुख विश्ववन्धु प्रसाईको स्वागत एवम् मानव शंसाधन अधिकृत इश्वरी प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको नेष्डो नेपाल वेनी शाखाका सेन्टर मेनेजर दुर्गा रिजालले वताउनु भयो ।



