Top scroll news

“Communication,  Human Rights  & Development” 
“No Big And Rough  Small and Beauty Micro finance”
“Our Fight against Poverty will continue until Poverty Exist in Nepal”
“Establishment of Poverty free inclusive Nepal”
“Engage Micro finance Change Lives “
“Stop Child Labour”
Stop Violence Against Women”

नेष्डो नेपालको कलष्टर स्तरीय अर्धवार्षिक समिक्षा गोष्ठी वालिङमा सम्पन्न

१८ माघ, २०७५
वालिङ, स्याङजा ।

नेष्डो सुचना विभाग/राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको आर्थिक वर्ष २०७५÷७६ को अर्धवार्षिक प्रगति समिक्षा गोष्ठी शुक्रवार भेनस होटल, वालिङमा सम्पन्न भयो ।

गोष्ठीमा स्याङजा, पाल्पा र दक्षिण पर्वत गरी तीन जिल्लाका १० वटा शाखा कार्यालयका प्रवन्धक, केन्द्र प्रवन्धक तथा प्रधान कार्यालयका प्रतिनिधी समेत गरी ७६ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा तीन जिल्लाका १० वटा शाखाहरुले ४४ केन्द्र थप भई ९ सय २० केन्द्र गठन गरी १ सय ७५ सदस्य थप गरी १३ हजार ८ सय ७९ विपन्न परिवारलाई समूहमा आवद्ध गरी ८५ जना थप गरी ७ हजार २ सय ३२ परिवारलाई कर्जा प्रवाह गरी आयमुलक व्यवसायमा अग्रसर गराएको छ । हाल सम्म संस्थाले सदस्यवाट यस अवधीमा २ करोड ९२ लाख ५३ हजार ५ सय ८६ रुपैयाँ वचत थप गरी २५ करोड ९४ लाख ३ हजार १ सय ४ रुपैयाँ निक्षेप संकलन गरेको छ भने तीन जिल्लाका १० शाखामा ४ करोड ३३ लाख ७१ हजार ८ सय १७ रुपैयाँ लगानीमा रहेको कर्जा थप गरी ३७ करोड ३४ लाख ६ हजार ८ सय ४ रुपैयाँ लगानीमा पु¥याउन सफल भएको छ ।

कार्यक्रममा संस्थाका १० वटा शाखाले आआफ्नो गत ६ महिनाको स्थिती र आगमी ६ महिनाको योजना शाखागत रुपमा प्रस्तुत गरेका थिए । यसरी शाखाको तर्फवाट स्थिती प्रस्तुत गर्नेहरुमा सेतीवेनी पर्वत शाखाका केन्द्र प्रवन्धक श्री सिता सन्यासी, हुवास शाखा पर्वतका श्री भिम कुमारी आले, पाल्पा जिल्लाको अर्गली शाखाका श्री दुर्गा सुनार, तानसेन शाखाका श्री रिता नेपाली, छहरा शाखाको श्री प्रकाश प्रोखरेल र रामपुर शाखाको श्री प्रभा मल्लले प्रस्तुत गर्नु भएको थियो । यसै गरी स्याङजा जिल्लाको गल्याङ शाखाको केन्द्र प्रवन्धक श्री याम कुमारी सारु, चापाकोट शाखाको श्री विमला पुन, स्याङजा शाखाको केन्द्र प्रवन्धक श्री रन्जु थापा खत्री र वालिङ शाखाका केन्द्र प्रवन्धक श्री धनिसरा पचगैयाले प्रस्तुत गर्नु भएको थियो । केन्द्रिय कार्यालयमा हुने समिक्षामा शाखा प्रवन्धकले र हरेक तीन तीन महिनामा हुने कलष्टर स्तरीय समिक्षा गोष्ठीमा शाखाको स्थिती वारेमा सहायक प्रवन्धकले प्रस्तुत गर्ने अभ्यास रहेको छ ।

कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख श्री विश्व प्रकाश प्रसाई, लघुवित्त सेवा विभागका प्रमुख श्री विश्ववन्धु प्रसाई, वरिष्ठ लघुवित्त अधिकृत श्री नारायण प्रसाई र मानव शंसाधन अधिकृत श्री इश्वरी प्रसाद शर्माले सहजीकरण गर्नु भएको थियो ।

संस्थापक अध्यक्ष श्री विश्व प्रकाश प्रसाईले दिप प्रज्वलन गरी शुभारम्भ गर्नु भएको समिक्षा गोष्ठीको अध्यक्षता आतिथ्य शाखाका प्रवन्धक श्री संगिता क्षेत्रीको अध्यक्षता, लघु वित्त प्रमुख श्री विश्ववन्धु प्रसाईको स्वागत, स्याङजा शाखा केन्द्र प्रवन्धक श्री रन्जु थापा खत्रीको संस्थागत प्रतिज्ञा एवम् मानव शंसाधन अधिकृत श्री इश्वरी प्रसाद शर्माको सञ्चालनमा सम्पन्न थियो ।

नेष्डो नेपालको संस्थागत अभ्यास अनुसार माघ महिनामा जन्म दिन तथा वैवाहिक दिवस पर्नु भएका स्याङजा, पाल्पा र दक्षिण पर्वतका १० वटा शाखामा कार्यरत प्रवन्धक तथा केन्द्र प्रवन्धक साथीहरुलाई संस्थागत सम्मान तथा शुभकामना प्रदान गरियो । यसरी माघ महिनामा वैवाहिक दिवस रहनु भएका साथीहरुमा वालिङ शाखाका प्रवन्धक श्री संगिता क्षेत्री, केन्द्र प्रवन्धक श्री धनिसरा पचगैया र चापाकोट शाखाका केन्द्र प्रवन्धक श्री सिता पोखरेल तथा जन्म दिन पर्नु हुने चापाकोट शाखाको प्रवन्धक श्री जमुना वस्याल, केन्द्र प्रवन्धक श्री विमला पुन, पाल्पा शाखाका केन्द्र प्रवन्धक श्री रिता नेपाली, केन्द्र प्रवन्धक श्री जुना कुमारी श्रेष्ठ, रामपुर शाखाका केन्द्र प्रवन्धक श्री सावित्री दराई र सेनीवेनी शाखाका केन्द्र प्रवन्धक श्री सिता कुमारी सन्यासी हुनुहुन्छ । उहाँहरुको यस खुशीयालीमा एक समारोहका विच सामुहिक रुपमा केक काटी उत्सव दिप प्रज्वलन गरी संस्थापक अध्यक्षवाट संस्थागत उपहार प्रदान गरियो ।

माघ महिनामा वैवाहिक दिवस तथा जन्म दिन पर्नु हुने सम्पूर्ण शाखा प्रवन्धक, केन्द्र प्रवन्धक साथीहरुलाई सुख, शान्ति, सम्वृद्धि, हर क्षेत्रमा प्रगति एवम् सफलताको हार्दिक मंगलमय शुभकामना तथा संस्थागत सम्मान अर्पण गर्दछौं ।