Top scroll news

“No Big And Rough  Small and Beauty Micro finance”
“Engage Micro finance Change Lives “
“Stop Child Labour”
Stop Violence Against Women”
“Communication,  Human Rights  & Development” 
“Our Fight against Poverty will continue until Poverty Exist in Nepal”
“Establishment of Poverty free inclusive Nepal”

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. को विशेष साधारण सभा सम्पन्न, पुजी वृद्धि लगायत विभिन्न निर्णयः

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. को विशेष साधारण सभा सम्पन्न भएको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. को विशेष साधारण सभा शनिवार विभिन्न निर्णय गरी सम्पन्न भएको छ । सभाले सञ्चालक समितिवाट निर्णयार्थ प्रस्तुत पुँजी वृद्धि सम्वन्धि प्रस्तावलाई सर्व सम्मतीले पारित गरेको छ । संस्थाको हाल अधिकृत पुँजी ५० करोड, जारी पुँजी १० करोड र हाल संस्थापकहरुवाट चुक्ता पुँजी ७ करोड रहेकोमा अधिकृत पुँजी यथावत कायम राखी जारी पुँजी २५ करोड र हाल संस्थापकवाट चुक्तापुँजी १७ करोड ५० लाख पु¥याईने छ । जसका लागि सभाले एक शेयरको अनुपातमा १.५ हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । यसै गरी विशेष साधारण सभाले संस्थागत शुसासन, कारोवारको अवस्था र हालसम्मको आत्मानिर्भरता लगायतका कुराहरुलाई विश्लेषण गरी दुई वा सो भन्दा वढि लघुवित्तीय संस्थाहरुसंग गाभ्ने, गाभिने र प्राप्तीको लागि विकल्प खुल्ला गर्ने निर्णय समेत गरेको छ । मर्जर प्रयोजनको लागि अावश्यक पुर्व तयारीको लागि साधारण सभाले अध्यक्ष विश्व प्रकाश प्रसाईको संयोजकत्वमा सञ्चालक सावित्री खत्री क्षेत्री, सल्लाहकार विश्ववन्धु प्रसाई, वरिष्ठ प्रवन्धक युधिष्ठिर भुषाल र प्रवन्धक कमल प्रसाद शर्मा रहेको ५ सदस्यीय मर्जर उपसमिति समेत गठन गरेको छ । उक्त समितिले मर्जर सम्वन्धि छलफल चलाउने, अान्तरिक विश्लेषण गर्ने लगायतका कार्य गरि कार्य गरी अन्तिम स्वीकृतीका लागि मात्र सञ्चालक समिति समक्ष पेश गर्नेछ । तत्पश्चात संयुक्त मर्जर समिति गठन भई प्रक्रिया अगाडि पढाईने छ ।

साधारणसभामा कुल चुक्ता ७ लाख कित्ता मध्ये ५ लाख ७५ हजार कित्ता चुक्ता शेयरको प्रतिनिधित्व रहेको थियो । वरिष्ठ अधिवक्ता मुकुण्द शर्मा पौडेल, शेयरधनि अधिवक्ता निरन्जनलाल राजभण्डारी, शेयर धनि पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, शिव शर्मा पौडेल, चुरक कर्मचार्य लगायतले प्रस्ताव उपर छलफलमा भाग लिनु भएको थियो । सभामा अध्यक्ष प्रसाईले अध्यक्षता, सञ्चालक रेशम वहादुर खत्रीले स्वागत एवम् सञ्चालक प्रेम शर्माले धन्यवाद व्यक्त गर्नु भएको थियो ।