Top scroll news

“Communication,  Human Rights  & Development” 
“Engage Micro finance Change Lives “
“Establishment of Poverty free inclusive Nepal”
“Our Fight against Poverty will continue until Poverty Exist in Nepal”
“Stop Child Labour”
Stop Violence Against Women”
“No Big And Rough  Small and Beauty Micro finance”

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि को वार्षिक समिक्षा सम्पन्न ।

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. कुश्मा पर्वतको आर्थिक वर्ष २०७५/७६ को प्रगति समिक्षा तथा आर्थिक वर्ष २०७६/७७ को योजा सार्वजनिक कार्यक्रम शुक्रवार कुश्मा पर्वतमा सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकवाट २०७५ माघ २९ गते राष्ट्रिय स्तरमा “घ” वर्गको वित्तीय कारोवार गर्ने इजाजत प्राप्त यस वित्तीय सस्थाले गत फाल्गुण २१ गते देखि कारोवार शुरुवात गरेको हो ।

वित्तीय संस्थामा विगत १८ वर्ष देखि नेष्डो नेपालले सञ्चालन गर्दै आएको वित्तीय कारोवार हस्तान्तर भई आएकोले वार्षिक समिक्षाको अवस्था विश्लेषणमा वार्षिक लक्ष्यको तुलनामा उपलव्धीलाई आधार वनाइएको छ ।

संस्थाले २०७६ असार मसान्तसम्ममा १२ वटा जिल्लामा ५६ वटा शाखा कार्यालयवाट देशका १ सय ८७ स्थानीय निकायमा सेवा दिंदै आएको छ । हाल संस्थामा कार्यरत २ सय ५५ कर्मचारीले ७८ हजार ९३५ विपन्न परिवारलाई समूहमा आवद्ध गरी ३ अरव १७ करोड ९१ लाख १० हजार ६६७ रुपैयाँ लगानीमा रहि रहेको कर्जा पुगेको छ भने वचत तर्फ १ अरव ७८ करोड ४० लाख १५ हजार १३२ रुपैयाँ रहेको छ । प्रगति समिक्षाको क्रममा वार्षिक उपलव्धी प्रतिशतलाई विश्लेषण गर्दा अमरापुरी शाखा सर्वोकृष्ट, माडी शाखा दृतिय, दमौली शाखा तृतिय र वर्दघाट शाखा सान्त्वना स्थान हासिल गरेका छ । यसै गरी उच्च कर्मचारी उत्पादकत्व कायम गरे वापत सुनवल शाखा र सवै भन्दा एनपिएल कमी गरेकोमा घ्याल्चोक शाखालाई पुरस्कृत गरिएको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा संस्थाले ८ जिल्लामा थप कार्यक्षेत्र विस्तार गरी २० जिल्ला, थप ५० नगरपालिका÷गाउपालिकामा सेवा विस्तार गरी २ सय ३७ मा पु¥याउने, ११ हजार ७६० सदस्य थप गरी ९० हजार ६३५ पु¥याउने, लगानीमा रहि रहेको कर्जामा १ अरव ८१ करोड ७२ लाख ९२ हजार ५१५ थप गरी ४ अरव ९९ करोड ६४ हजार ३ हजार १८२ पु¥याउने तथा वचत तर्फा ५७ करोड ७२ लाख ११ हजार ८०३ थप गरी २ अरव ३६ करोड १२ लाख २६ हजार ९३५ पु¥याउने लक्ष्य लिएको छ । यसै गरी भाका नाघेको कर्जा तर्फ ३ करोड ८५ लाख ८ हजार ६१९ घटाईनेछ ।

संस्थाका अध्यक्ष विश्व प्रकाश प्रसाई ठकुरीको अध्यक्षतामा सम्पन्न गोष्ठीमा वरिष्ठ प्रवन्धक युधिष्ठिर भुषालले स्वागत, वित्त सल्लाहकार सावित्री खत्री क्षेत्रीले प्रतिज्ञा, एचआर अधिकृत इश्वरी शर्माले स्वागत गर्नु भएको थियो भने वित्त सल्लाहकार विश्ववन्धु प्रसाई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।