Top scroll news

“No Big And Rough  Small and Beauty Micro finance”
“Communication,  Human Rights  & Development” 
“Stop Child Labour”
Stop Violence Against Women”
“Our Fight against Poverty will continue until Poverty Exist in Nepal”
“Establishment of Poverty free inclusive Nepal”
“Engage Micro finance Change Lives “

नेष्डो नेपालवाट १२ जनाको टोली लघु वित्त सम्वन्धी अध्ययन अवलोकन भ्रमणको लागि वंगलादेश भ्रमणमा

राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपालद्धारा संचालित लघु वित्त सेवा अन्तर्गत लघु वित्त सेवा सम्वन्धी थप अध्ययन अवलोकनका लागि २०७५ भाद्र ३० गते देखि २०७५ आश्वीन ६ गते सम्म वंगलादेश भ्रमणमा सहभागी भएको छ । उक्त अवलोकन भ्रमणमा प्रधान कार्यालयवाट कार्यक्रम व्यवस्थापक श्री उत्तम प्रसाद अधिकारी, आजिवन सदस्य सुष्मा प्रसाई, प्रशासकिय अधिकृत श्री ईन्द्र खत्री क्षेत्री, वित्त अधिकृत श्री दुर्गा शर्मा, एचआरडि अधिकृत श्री ईश्वरी प्रसाद शर्मा हुनुहुन्छ भने शाखा प्रवन्धकहरुमा पोखरा शाखावाट कृष्ण प्रसाद चापागाई, डुम्रे शाखावाट सुगत पौडेल, लेखनाथ शाखावाट सुवास भण्डारी, कावासोती शाखावाट रामचन्द्र गौतम, दमौली शाखावाट सन्तोष अधिकारी, वालिङ शाखावाट श्री टीकाराम दर्जी र अमरापुरी शाखावाट सम्झना रायमाझी सहभागी हुनु भएको छ । यस अध्ययन अवलोकन भ्रमणको उद्धेश्य प्रशासनिक प्रक्रिया र लघु वित्त सेवाको असल अभ्यास र दिगो उद्यमशीलताहरुको अनुभव आदान प्रदान गर्दै आगामी दिनमा थप गुणस्तरीय र प्रभावकारी वनाउन सहयोग पुग्ने रहेको छ ।